नियम १८
बाल सुधार गृहमा बालबालिकाको भर्ना
(१) बाल सुधार गृहले अदालतको आदेश बमोजिम कानूनी विवादमा परेका बालबालिकालाई भर्ना गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम भर्ना भएका बालबालिकाको बाल सुधार गृहको दर्ता किताबमा देहाय बमोजिमका व्यक्तिगत विवरण अभिलेख गर्नु पर्नेछ:-
(क बालबालिकाका बाबुआमा, परिवारका सदस्य वा नातेदार वा संरक्षकको नाम, ठेगाना र सम्पर्क नम्बर,
(ख). बाल सुधार गृहमा भर्ना गर्न ल्याइएका वा सिफारिस भई आएका वा पठाइएका बालबालिकाले आफ्नो बारेमा दिएको जानकारी र कागजात,
(ग) बालबालिकाको भर्ना गर्ने समयमा खिचिएको तस्वीर,
(घ) बालबालिकाको स्वास्थ्य र पोषणको स्थिति, स्वास्थ्य परीक्षण र शारीरिक तथा मानसिक अवस्थाको सम्बन्धमा उपलब्ध गराएको कागजात, (ङ)। बालबालिकाको साथमा रहेको कुनै नगद, गरगहना, कागजात वा अन्य कुनै वस्तुको विवरण,
त्व)। बाल सुधार गृहमा बस्ने अवधि र छुट्ने मिति खुलेको अदालत तथा न्यायिक निकायको आदेश तथा फैसलाको प्रतिलिपि;
(छ) बालबालिकाको शैक्षिक वा अन्य कुनै विवरण भए सोसँग सम्बन्धित कागजात,
(ज) बालबालिकाको प्रतिरक्षा गर्ने कानून व्यवसायी भए निजको नाम, ठेगाना र सम्पर्क नम्बर,
(झ) : बालबालिकाको विशेष रुचि वा क्षमता सम्बन्धी पूर्व तालीम रहेको भए सो सम्बन्धी विवरण ।
(३) उपनियम (२) बमोजिमको विवरण अभिलेख गरी निजले पाउने: सेवा सुविधा तथा देहाय बमोजिमको जानकारी बाल सुधार गृहले सम्बन्धित बालबालिकालाई बालमैत्री वातावरणमा दिनु पर्नेछः-
(क) निजलाई बाल सुधार गृहमा राखिनुको कारण,
(ख) मुद्दाको कानूनी प्रक्रिया तथा अवस्था, (ग) बाल सुधार गृहमा रहने अवधि, निजको पारिवारिक पुनर्मिलन सम्बन्धी व्यवस्था,
(घ) बालबालिकाको अधिकार तथा दायित्व,
(ङ) अदालतको आदेशमा: मात्र बाल सुधार गृहमा राख र छोड्न सकिने कुरा,
तव) बाल सुधार गृहमा उपलब्ध हुने सेवा तथा सुविधा,
(छ) बाल सुधार गृहको सम्पर्क व्यक्ति तथा सूचना अधिकारीको नाम,
(ज) बाल संरक्षण मापदण्ड र त्यसका विषयवस्तु,
(झ) बाल सुधार गृहको समग्र व्यवस्थापन रसुरक्षा प्रबन्ध,
(न) बाल सुधार गृहमा पालना गर्नु पर्ने नियमको लिखित तथा मौखिक जानकारी,
(ट) बाल सुधार गृहबाट भाग्न नहुने र बाल सुधार गृहबाट भागेमा हुने परिणामको जानकारी,
छ) बाल सुधार गृहको उद्देश्य, सञ्चालन प्रक्रिया र यसबाट बालबालिकालाई हुने फाइदा,
(ड) बाल संरक्षण सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनी व्यवस्था ।